भीमदत्तनगर, २२ चैत । अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ । पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो । घाँसे मैदानको वरपर पलाँसका रुख यतिबेला पहेँलपुर भएका ...