काठमाडौँ,१८ माघ (रासस)। काठमाडौँ जिल्ला अदालतले अवैधरुपमा चिकित्सकीय काम गरिरहेका १७ जनालाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थप अनुसन्धान गर्नका लागि सात दिन थुनामा राख्न अनुमति दिएको काठमाडौँ अदालतका स्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । नेपाल ...