म्याग्दी, २१ असार। म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरस्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ । गाउँपालिकाको रु दश लाख अनुदान र स्थानीयवासीको रु एक लाख ५० हजार ५२१ बराबरको श्रमदानमा पुरानो भवनमाथि टिनले छाएको दुईवटा कोठा थप गरिएको उपभोक्ता समितिका सचिव रुद्रबहादुर खड्काले बताउनुभयो । ...