काठमाडौं ४ पुष । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी भएको छ । आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको इन्डोस्कोपी भएको हो । इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओलीले आराम गर्नुभएको छ । आजका लागि तय भएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ ...