काठमाडौं ६ असोज । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन्। बाह्रबिसे नगरपालिका(५ स्थित आयोजनाको विद्युत्गृहको स्विचयार्डबाट सोही नगरपालिका(३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने ...