फराह, अफगानिस्तान, १३ फागुन । तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तिमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । तालिवानी समूहको सयौँको सङ्ख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासी आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार ...