काठमाण्डौं, २७ असोज । अमेरिकाले राष्ट्रसंघीय निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले पनि बाहिरिने बताएको छ । इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई ’बहादुरीपूर्ण’ र ’नैतिकताले भरिएको’ भनेका छन् । युनेस्कोकी प्रमुख इरिना बोकोभाले युनेस्कोबाट अमेरिका अलग हुनु ...