रसुवा, २२ असार । रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । ‘कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द रहेको रसुवागढी नाकामा चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल ...