काठमाडौँ, २४ असोज । नाफा मण्डलले ज्यापू दिवसको अवसर पारेर यही कात्तिक २५ गते ‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण काठमाडौँमा आयोजना गर्ने भएको छ । ज्यापू समुदायका वेशभूषा, संस्कृति तथा सभ्यतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो । ...