काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ...