काठमाडौं, २५ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड–१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार पाटन अस्पतालमै उपचाररत मन्त्री ...