काठमाडौं, १७ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कुटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो । ‘नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका ...