काठमाडौं, ११ कात्तिक । तिहारको लक्ष्मीपूजाको दिन काठमाडौं शहरलाई कीर्तिपुरबाट हेर्दा झिलिमिली देखिएको छ । धनकी देवी लक्ष्मीको पूजा गरेपछि घर, व्यापारिक भवन, होटललगायत सबैजसो भवन रंगीचंगी बत्ती बालेर झिलिमिली पारिएको हो । लोडसेडिङको समस्या नभएकाले पनि लक्ष्मीपूजामा काठमाडौं झन् उज्यालिएको छ ।