काठमाडौँ, १३ वैशाख। नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ । समाजका अध्यक्ष कविराज पौडेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत ...