काठमाडौं, १५ माघ । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारको मनपरीका कारण स्थानीय तह र प्रदेशमा कर्मचारी जान नसकेको बताउनुभएको छ । एबीसी न्यूज टेलिभिजनको कार्यक्रम क्रसचेकमा कुराकानी गर्दै अध्यक्ष देवकोटाले स्थानीय तह र प्रदेशसभामा कर्मचारी सरुवाबारे कुनै मापदण्ड नभएको आरोप लगाउनुभयो । ...