मोरङ, १८ साउन । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घटनामा परेको जिपलाई पनि ...