राजविराज, २४ असोज । हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको रु नौ लाख ५० हजार आज अपराह्न लुटिएको छ । राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै ...