बैतडी, १ असोज । सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताउनुभयो । द्वापर युगमा विषाक्त ...