काठमाडौँ, ३० असार । नेपाल र अष्ट्रेलियाबीच आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका साथै द्विपक्षीय हितका सम्बन्धमा सहकार्य गर्न संस्थागत संरचना स्थापना भएको छ । नेपाल र अष्ट्रेलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा आज उक्त संयन्त्र स्थापना भएको हो । परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा अष्ट्रेलियाको राजधानी ...