भक्तपुर, २१ असार । चाँगुनारायण नगरपालिका– ९ ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले विगत नौ महिनादेखि २०० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । ताथलीको वासुकी मुहानबाट ल्याइएको खानेपानी फैढोका पण्डित टोलमा निर्माण भएको आठ घनमिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण हुँदै आएको थियो ...