राजविराज, १६ असार । सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय हरेराम मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डले आफ्नै बारीमा पानी पटाउने क्रममा नाङ्गो तारमा दाहिने खुट्टाले छुँदा करेन्ट लागेको थियो । ...