नारायणपुर, २० पुस । दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा जग्गाको विवाद बढी देखिएका छन् । स्थापनाकालदेखि हालसम्म समितिमा १३८ वटा जग्गासम्बन्धी मुद्दा दर्ता भएको समितिका संयोजक तथा उपमहानगरपालिकाको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताउनुभयो । छयालीस वटा मुद्दा मिलापत्रमा टुङ्गो लगाइएको छ भने बाँकी प्रक्रियामै रहेको ...