भक्तपुर, २८ असार। भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको ...