इनरुवा, ७ जेठ । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । ...