चितवन, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० जना विभिन्न कारागारमा कैदीका रुपमा छन् । फरार दोषीको खोजी भइरहेको छ ...