पाल्पा, २० कात्तिक। पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् ।
मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो ।
चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ ।
स्थानीय बासिन्दा तुलबहादुर बुढाथोकीलाई मुझुङ प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पा पठाएको छ । घर नजिकै बारीमा दुम्सी मार्नका लागि अवैध घरेलु हतियार प्रयोग गरेको आरोपमा बुढाथोकी प्रहरी नियन्त्रण परेको जिसीले बताउनुभयो ।
भरुवा बन्दुकमा खुट्टाले टेक्दा पड्केपछि खुट्टामा छर्रा लागेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्