ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध


admin
२३ कार्तिक २०७४, बिहिबार   २ : ३५   बजे

इलाम, २३ कात्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ ।

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ ।

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भन्नुभयो ।

राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उहाँभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुनुहुन्छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिनुभएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुग्नुभयो । उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले)का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अविवाहित उम्मेदवार 

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमबाट उठ्नुभएका २६ वर्षीय मणिविक्रम लिम्बू हुनुहुन्छ । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा (ख) मा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवार अविवाहित हुनुहुन्छ ।

सोही क्षेत्रमा नयाँशक्तिबाट उठ्नुभएका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका २७ वर्षीय सचेन घले अविवाहित हुनुहुन्छ । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

दुई जनामात्र महिला उम्मेदवार 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्पmका ५१ उम्मेदवारमध्ये दुईजना मात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।

नेकपा (एमाले)का तर्पmबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्पmबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीले नुवाकोटका किसानको पशुधनमा ठूलो क्षति, पुनर्स्थापनाको चिन्ता

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

कृष्णभिर सडक अवरुद्ध भएपछि ग्यास आपूर्ति सहज बनाउन उद्योगी सक्रिय

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

चीनको गिरोङमा बाढी–पहिरोमा ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu