ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने


admin
१८ मंसिर २०७६, बुधबार   २ : ०९   बजे

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गौलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।“महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ । “ उहाँले भन्नुभयो । “मिर्गौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।” प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । सचिवालय बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचनमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ ।“अहिलेसम्म औचपारिकरुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन तर औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्ने छौँ । ”उहाँले भन्नुभयो । ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको छ । नेकपाले सचिवालयको अर्को बैठक आगामी मङ्सिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धूम्बाराहीमा राखेको छ ।

उहाँका अनुसार उक्त बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको वाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ । दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारवाही गरेर निष्कासन गरेको उहाँले जानकारी गराउनुभयो । नेकपाले यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुर क्षेत्र नं १ ९क०को प्रदेशसभा सदस्य गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group