काठमाडौं, ४ पुस । वैदेशिक रोजगारीका लागि अधिकांश युुवा भारत पस्न थाले पछि बैतडीका गाउँ युवा विहिन हुन थालेका छन् । रोजीरोटीको लागि कामको सिलसिलामा युवाहरु भारत पस्न थालेपछि गाउँ युवा विहिन बन्न पुगेको हो । यसले स्थानियमा अर्को समस्या निम्त्याएको छ । गाउँमा बालबच्चा र बृद्ध मानिस मात्र हुन थाले पछि मलामि जानसमेत युवा नपाइने गरेको स्थानियले बताएका छन् ।
गाउँमा विकास निर्माणका कामहरुमा सुस्तता आउने गरेको र विकास निर्माण मात्र नभई अन्य सामाजिक कार्यको लागि समेत युवा नहुँदा समस्या हुने गरेको स्थानियको भनाई छ ।
प्रदेश नं.७ का अधिकांश पहाडी जिल्लाका युवा हिउाद लागेपछि रोजगारीको सिलसिलामा बैतडीमको झुलाघाट नाका हुदै भारत पस्ने र नयाँ बर्ष लागेपछि घर फर्कने गर्छन् । गाउँघरमा कुनै स्रोत नभएपछि बाध्य भएर भारतका विभिन्न सहर रोजगारीको लागि जानु परेको स्थानियको भनाई छ।
प्रहरीचौकी झुलाघाटका अनुसार अहिले दैनिक प्रदेश नम्बर–७ का बैतडी, बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुराका स्थानीय नागरिक रोजगारीको खोजीमा झुलाघाट नाकाबाट दैनिक करिब विद्यार्थी उमेर समुहका नागरिक देखि ६० वर्षमाथिका नागरिकसमेत ३०० को हाराहारिमा भारत पस्ने गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्