-गगन अयडी-
बाजुरा ६ पुस /
उच्च रक्तश्राव हुदा एक सुत्केरीको मृत्यु भएको छ । बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा न ५ मा बिहीबार ४४ बर्षीय शिवु महताराको मृत्यु भएको छ । उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको स्वास्थ्यकर्मी भक्त कैलाले जानकारी दिएका छन् । उनका ४ छोरी र एक छोरा रहेका छन् । बिहिबार १० बजे घरमै बच्चा पाएकी आमाको रक्तश्राप नरोकीएर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका रमेश कुवंरले जानकारी दिए । ५ वटा छोरा छोरी को आमा करिब बिहान १० बजे तिर बच्चा जन्माए पश्चात् अत्यधिक रक्तस्राव का कारण करिब दिउँसो ४ बजे मृत्यु भएको बताएको छ । बर्थिङ सेन्टर भन्दा ६ घन्टा टाढा रहेको उक्त क्षेत्र बाट दिउँसो ४स्१५ तिर स्वामिकार्तिक गा पा का स्वास्थ सन्योजक भक्त कैला लाई उपचार का लागि फोन आएको र उक्त फोन पश्चात् आवश्यक सामाग्री तयार पारेर जाने क्रम मा खबर गरेर बोलाएको केही मिनेट पछी फेरि फोन गरेर नआउनुस आमा को मृत्यु भैसक्यो भन्ने खबर आयो।उक्त गाउँ मा वाइ स्वास्थ संस्थाले महिना को एकचोटी गाउँ घर क्लिनिक सन्चालन गर्दछ। र सो महिलाले नियमित गर्भवती जान्च गरेको र सुत्केरी हुन स्वास्थ संस्था मा आउनु भनेर परामर्श गरेको थियो। तर ती महिलालाई स्वास्थ संस्था नपुर्ययाउदै मृत्युु भएको खवर प्राप्त भएको छ । सुत्केरी सस्थागत भयेको भये आमा को ज्यान बचाउन सकिन्थ्यो जनस्वास्थ्य अधिकृत कुवरले बताएका छन। केही दिन अगाडी त्यो क्षेत्र को जोखिमता अध्ययन र अनुगमन गरेर सामुदायिक स्वास्थ्य एकाइ को माग को लागि आवश्यक कागजात स्वास्थ सेवा बिभाग मा पठाएका थियौं कुवरले भनेका छन ।
प्रतिक्रिया दिनुहोस्