-टेकेन्द्र बोहरा –
पुस ७ बझाङ /
बझाङ जिल्लाको खप्तड छान्ना गँउपालीका वडा नँ ३ का वडा अध्यक्षले काँग्रेसका शुभचिन्तक बाहेक अन्यलाई समिति तथा ज्यालादारीमा काम गर्नमा रोक लगाएको आरोप लगाएका छन ।
खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल सुनारले अन्य दलका कार्यकर्ता र शुभ चिन्तकहरुलाई समितिमा बस्न र ज्यालादारीमा काम गर्न समेत रोक लगाएको खप्तड छान्ना गाउँपालिका का स्थानिय लोकेन्द्र सुनारले बताउँभएको छ ।
वडा अध्यक्ष सुनारले वडाको बजेटलाई आफुले ल्याएको बजेट भन्दै काँग्रेस बाहेक अन्य दलका शुभचिन्तकहरुलाई समिति र ज्यालादारी कुनैमा पनि काम रोक लगाएको उनको भनाइ छ ।
गाउँ ठाउँको विकास गर्लान भनि चुनिएका जनप्रतिनिधिले यसरी सामान्य कुरामा पनि राजनिति रंग दिन थालेपछि गाउँमा विवाद उत्पन्न भएको खप्तड छान्ना गाँउपालीकाका स्थानिय बासीहरुले बताएका छन ।
यता वडा अध्यक्ष सुनारले भने व्यक्तिगत रिसिबीका कारण स्थानिय लोकेन्द्र सुनारले नानाथरी झुटा आरोप लगाएको बताउँनुभएको छ ।
आफुले समिति गठन तथा ज्यालादारी कुनैमा पनि राजनिति रंग नदिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्