रामेछाप । पौष १० गते,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ थापागाउँमा एक व्यक्तिको ढुंगाले थिचेको अवस्थामा लाश भेटिएको छ । मृतक व्यक्ति रामेछाप दोरम्बा गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष बाबुराम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । मृतक तामाङलाई आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखेको हुन सक्ने प्रहरीको भनाई छ । तर हत्या कसले ग¥यो भन्ने खुलेको छैन । मृतक तामाङ आईतबार राती साथीहरुसंग तास खेल्न बसेका थिए । ४८ वर्षका तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वा्चित हुनुभएको थियो । घटनाको थप विवरण आउन बाकि छ ।
प्रतिक्रिया दिनुहोस्