काठमाडौं, १२ पुस । नेपाल थामी समाज केन्द्रीय कार्यसमितीले संघिय समाजवादी पार्टी फोरम नेपाल का वरिष्ठ नेता अशोक राईलाई ज्ञापन पत्र बुझाएको छ । दोलखाको प्रतिनिधिसभा समानुपातिकका उम्मेदवार नानु थामीलाई संस्दीय सभा सदस्य मनोनित गरियोस् भन्ने सुझावसहित नेपाल थामी समाजले ज्ञापनपत्र बुझाएको हो ।
नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीले थामी समुदायबाट सम्भावना बोकेको नानु थामीलाई प्रतिनिधिसभाको समानुपातिक सभासद चयनका लागि आग्रह गर्नुभयोे । जातिय पहिचान र अधिकारको लागि देशमा हुनेगरेका विभिन्न आन्दोलनहरुमा थामीहरुले पनि गर्दै आएका योयदानको सम्मान स्वरुप पनि थामी समुदायबाट नानु थामी प्रतिनिधिसभा समानुपातिक सभासदमा मनोनयन हुनुपर्ने संघिय समाजवादी फोरम नेपालमा आबद्ध थामीहरुले बताएका छन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामी, नेपाल थामी समाजका उपाध्यक्ष एवम् समानुपातिक उम्मेदवार नानु थामी, थामी समाजका पूर्वाध्यक्ष कविराज थामी, नेपाल थामी समाज जिल्ला कार्य समितीका सिन्धुपाल्चोकका अध्यक्ष शरण थामी, थामी समाज केन्द्रीय समिती कै उपाध्यक्ष भरतमान थामी, संघिय समाजवादी फोरम नेपालमा आबद्ध हेप बहादुर थामी र नेपाल थामी विद्यार्थी संघ केन्द्रीय कार्य समितीका अध्यक्ष सपना थामी सहितको संयुक्त टोलीले नेता राईलाई ज्ञापन पत्र बुझाएका हुन् ।
एबीसी रिर्पोटर सपना थामी
प्रतिक्रिया दिनुहोस्