काठमाडौँ, २३ जेठ
फेरि एक पटक आइमाई पागल बनी
आफु चिथोरिएको सहन नसकेर गुहार माग्दा
समाजले उसलाईनै आरोप लगायो।
किनकि उ आइमाइ हो।
अनेक सहेर पनि उसले
आफ्नो अस्तित्व जोगाउनु पर्थ्यो।
निर्बस्त्र पारिए पनि उस्ले
समाजमा चुप रहनु पर्थ्यो।
किनकि उ आइमाइ हो।
तर
उस्ले आफ्नो दुखाइ समाजलाई सुनाइ
आफ्नो पीडा सार्वजनिक गरि ।
आइमाइ भएको हैसिएत बिर्सिएर।
अधिकार चाहिन्छ भनेर खुलेर बोली।
साच्चै उ पागलनै हो ।
किनकि उत आइमाई हो।
उस्ले आफ्नो इज्यत बचाउन
दुखेको शिर निहुराएरै
समाजको अगाडि झुक्नु पर्थ्यो।
इज्यतका कुराहरुलाई बिचार गरि
बोल्नेकी नबोल्ने रोक्नु पर्थ्यो।
किनकि उ आइमाइ हो।
तर आफुमाथिको दर्दनाक यातना
सहन नसकेर खुलेर बोली।
सोचिन कस्लाई के असर पुग्छ
आफ्नै घाउ दुखेरै बोली।
तर
तर उ चुप रहेर
आफ्नो इज्जत बचाउनु पर्थ्यो
समाजको साख जोगाउनको लागि
यस्ता कुरा पचाउनु पर्थ्यो।
किनकि उ आइमाई हो।
कुनै इज्यत नभएकी साच्चै उ पागलै हो
अन्याय सहन नसकेर कुर्लन सक्ने
साच्चै उ चरित्र हिन हो।
बिमार भएर अौषधी खाने
आफुमाथिको अत्याचार बाहिर लाने
बौलाइ सकेकी उ महिला हो।
समाजले उस्लाइ पागल भनेर
सुसाइड गर्ने बाटो खनिदिदा
उ सजिलै त्यहा फस्नु पर्छ ,।
साच्चै बांच्ने रहर छ भने उस्ले
बयान फेरेरै भए पनि
चुप लागेर बस्नु पर्छ ।
किनकि उ त आइमाइ हो।
२०७० काठमाडौ ।
प्रतिक्रिया दिनुहोस्