ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार


एबीसी न्यूज
८ असार २०८३, सोमबार   २ : ४०   बजे

काठमाडौं / लुसेर्न (स्विट्जरल्यान्ड) — अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको उच्चस्तरीय वार्ताको पहिलो चरण सकारात्मक संकेतसहित सम्पन्न भएको छ। वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका कतार र पाकिस्तानले छलफलमा “उत्साहजनक प्रगति” भएको र आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्याप तयार भएको बीबीसीले जनाएको छ ।

सोमबार बिहान जारी संयुक्त वक्तव्यमा कतार र पाकिस्तानले दुवै पक्षबीच गठित उच्चस्तरीय समितिले युद्ध अन्त्यका लागि विस्तृत कार्ययोजना तयार गर्न सहमति जनाएको उल्लेख गरेका छन्। वक्तव्यअनुसार व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा गलतफहमीबाट उत्पन्न हुन सक्ने तनाव रोक्न विशेष सञ्चार संयन्त्र पनि स्थापना गरिएको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वार्तापछि सामाजिक सञ्जालमार्फत लेबनानमा जारी द्वन्द्व अन्त्य गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्। उनले पाकिस्तान र कतारको मध्यस्थताले लेबनान युद्ध अन्त्यका लागि ठूलो प्रगति सम्भव भएको दाबी गरे।

अराघचीका अनुसार प्रारम्भिक समझदारीअनुसार इरानमाथिका केही आर्थिक प्रतिबन्धहरू खुकुलो पारिने, तेल तथा पेट्रोकेमिकल निर्यातमा सहुलियत दिइने, रोक्का गरिएका केही सम्पत्ति फुकुवा गरिने तथा इरानको पुनर्निर्माण र विकासका लागि ठूलो आर्थिक कार्यक्रम अघि बढाइनेछ।

होर्मुज जलडमरूमध्य खुल्ने संकेत

वार्ताको मुख्य उपलब्धिमध्ये एउटा विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिएको होर्मुज जलडमरूमध्यको पुनः सञ्चालन पनि हो। विश्वको झण्डै २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गर्दछ।

गत साता भएको प्रारम्भिक समझदारीअनुसार इरानले जलडमरूमध्य पुनः खोल्न सहमति जनाएको छ भने अमेरिकाले इरानी बन्दरगाहतर्फ जाने तथा आउने जहाजहरूमाथिको सैन्य नाकाबन्दी हटाउने प्रतिबद्धता जनाएको छ।

यद्यपि इरानले शनिबार जलडमरूमध्य बन्द गरेको घोषणा गरे पनि समुद्री निगरानी तथ्यांकले जहाजहरूको आवागमन भने निरन्तर जारी रहेको देखाएको छ।

लेबनानमा युद्धविराम कार्यान्वयन चुनौतीपूर्ण

वार्ताको अर्को महत्वपूर्ण विषय लेबनानमा जारी संघर्ष रहेको छ। संयुक्त वक्तव्यअनुसार अमेरिका, इरान र लेबनानबीच सैन्य गतिविधि रोक्न विशेष ‘डी-कन्फ्लिक्सन सेल’ गठन गरिनेछ, जसलाई कतार र पाकिस्तानले सहजीकरण गर्नेछन्।

तर समझदारीपछि पनि दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीचको झडप पूर्ण रूपमा रोकिएको छैन। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरूमा भएका हवाई आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु भएको छ, जसमा महिला र बालबालिका समेत रहेका छन्।

गत शुक्रबार नयाँ युद्धविराम घोषणा गरिए पनि इजरायल र हिजबुल्लाह दुवैले एकअर्कामाथि आक्रमण जारी राखेको आरोप लगाइरहेका छन्।

ट्रम्पको चेतावनी, इरानको कडा प्रतिक्रिया

वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानस्थित आफ्ना सहयोगी समूहहरूलाई तत्काल नियन्त्रण गर्न चेतावनी दिएका थिए। उनले त्यसो नगरे अमेरिकाले पुनः कडा सैन्य कारबाही गर्न सक्ने बताएका थिए।

यसको जवाफमा इरानी मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफले अमेरिकी धम्कीले कुनै प्रभाव नपार्ने बताएका छन्। उनले “धम्कीले काम गर्ने भए आज अमेरिका यस्तो अवस्थामा हुने थिएन” भन्दै इरान आफ्नो अडानमा दृढ रहेको बताएका छन्।

आणविक कार्यक्रम अझै मुख्य विवाद

युद्ध अन्त्य, व्यापारिक मार्ग खुला गर्ने र आर्थिक प्रतिबन्ध हटाउने विषयमा प्रारम्भिक सहमति बने पनि इरानको आणविक कार्यक्रमबारे भने अझै अन्तिम निर्णय हुन सकेको छैन।

वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले क्षेत्रीय अस्थिरता फैलाउने गतिविधि र दीर्घकालीन आणविक हतियारको महत्वाकांक्षा त्यागे अमेरिका सम्बन्ध सुधार्न तयार रहेको बताएका छन्।

तर इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्रै रहेको दाबी गर्दै आएको छ।

हजारौँको ज्यान गएको द्वन्द्व

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि मध्यपूर्वमा तनाव तीव्र बनेको थियो। त्यसलगत्तै इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता कम्तीमा ४ हजार १०६ जनाको मृत्यु भइसकेको छ। इजरायली पक्षले भने ३६ सैनिक र चार सर्वसाधारणको ज्यान गएको जनाएको छ।

यस्तो अवस्थामा स्विट्जरल्यान्डमा भएको अमेरिका–इरान वार्तालाई मध्यपूर्वमा शान्ति स्थापना गर्ने सम्भावित अवसरका रूपमा हेरिएको छ। आगामी ६० दिनभित्र हुने थप वार्ताले क्षेत्रीय राजनीति र विश्व ऊर्जा बजारको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group