ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको ७.८ प्रतिशत जीडीपी वृद्धिमा प्रश्न, तथ्यांक अतिरञ्जित भएको आशंका


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ५ : ०५   बजे

 

काठमाडौं । भारतको अर्थतन्त्रमा अप्रत्याशित रूपमा देखिएको ७.८ प्रतिशतको जीडीपी वृद्धिदरमाथि प्रश्न उठेको छ। रोटर्सका अनुसार भारतीय पूर्वउच्च सरकारी अधिकारी तथा केन्द्रीय बैंकका पूर्वगभर्नरले पछिल्लो आर्थिक वृद्धिको तथ्यांक वास्तविकताभन्दा बढी देखाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। भारत सरकारले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा देशको जीडीपी ७.८ प्रतिशतले बढेको छ। विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतको उक्त वृद्धिदर अपेक्षाभन्दा बलियो मानिएको छ। भारतको अर्थ मन्त्रालयका पूर्वउच्च अधिकारी सुभाषचन्द्र गर्गले सरकारले तुलनाका लागि प्रयोग गरेको अघिल्लो वर्षको सोही अवधिको जीडीपीको आधार घटाएकाले यसपटक वृद्धिदर बढी देखिएको दाबी गरेका छन्। भारतीय रिजर्भ बैंक (आरबीआई)का पूर्वगभर्नर रघुराम राजनले पनि जीडीपी वृद्धिको तथ्यांकअनुसार रोजगारी सिर्जना, आन्तरिक लगानी र विदेशी पोर्टफोलियो लगानीमा अपेक्षित सुधार किन नदेखिएको भन्दै प्रश्न गरेका छन्। केही अर्थशास्त्रीले जीडीपी गणनामा प्रयोग हुने ‘डिफ्लेटर’ले अन्य मूल्य सूचकको तुलनामा मुद्रास्फीतिलाई कम आकलन गरेको हुन सक्ने आशंका गरेका छन्। डिफ्लेटरले आर्थिक तथ्यांकबाट मुद्रास्फीतिको प्रभाव हटाएर विभिन्न अवधिका वास्तविक आर्थिक गतिविधि तुलना गर्न सहयोग गर्छ। सामाजिक सञ्जालबाट सुरु भएको विवादलाई भारतको विपक्षी कंग्रेस पार्टीले समेत सरकारको आलोचनाका लागि प्रयोग गरेको छ। कंग्रेसका एक वरिष्ठ नेताले ७.८ प्रतिशतको वृद्धिदरलाई ‘स्ट्याटिस्टिकल जिम्न्यास्टिक्स’ अर्थात् तथ्यांकलाई अनुकूल ढंगले प्रस्तुत गरिएको संज्ञा दिएका छन्। भारत सरकारले भने जीडीपी गणनामा गरिएको परिवर्तनको बचाउ गरेको छ। एक वरिष्ठ सरकारी अधिकारीका अनुसार फेब्रुअरीमा लागू गरिएको नयाँ कार्यविधि व्यापक परामर्शपछि ल्याइएको हो। आर्थिक अवस्थालाई अझ सटीक रूपमा प्रतिबिम्बित गर्ने उद्देश्यले नयाँ तथ्यांक शृंखला अपनाइएको सरकारको भनाइ छ। नयाँ शृंखलाअनुसार सन् २०२५ अप्रिलदेखि जुनसम्मको जीडीपी मूल्य पुरानो शृंखलामा देखाइएको ८६.०५ खर्ब भारुबाट घटाएर ८० खर्ब भारु कायम गरिएको थियो। पुरानो आधारलाई प्रयोग गरेर नयाँ तथ्यांकसँग तुलना गर्दा वृद्धिदर १०.३ प्रतिशतबाट घटेर २.६ प्रतिशत मात्र देखिने जनाइएको छ। तर, सरकारले नयाँ र पुरानो शृंखलाका तथ्यांकलाई सिधै तुलना गर्नु उचित नहुने स्पष्ट पारेको छ। फेब्रुअरीमा गरिएको परिवर्तनले आधार वर्ष एक दशकभन्दा बढी समयपछि अद्यावधिक गर्नुका साथै तथ्यांकका स्रोत तथा जीडीपी गणनामा समावेश वस्तु र सेवाको दायरालाई समेत परिष्कृत गरेको सरकारले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

साउदी ट्यांकरमाथि इरानी आक्रमण भएको साउदीको आरोप

बाढी प्रभावितका लागि ईयूले थप ८ करोड ९० लाख रुपैयाँ सहायता दिने

पाँच दशकपछि सिरियामाथिको अमेरिकी घेरा खुल्यो : आतंकवादको सूचीबाट बाहिरिँदा बदलिँदै पश्चिम एसियाको शक्ति–सन्तुलन

अमेरिकाद्वारा नेपाललाई थप आपत्कालीन राहत सामग्री सहयोग

लाइपजिग–हाले विमानस्थल ड्रोन आक्रमण प्रयासपछि रुसमाथि थप प्रतिबन्ध लगाउने ईयूको चेतावनी

भोटेकोशी बाढीप्रति पाकिस्तानका राजदूतद्वारा दुःख व्यक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu