काठमाडौं । सरकारले रसुवाको भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद्ले उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने र मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्