काठमाडौं । साउदी अरबले आफ्नो स्वामित्वको तेल बोकेको सुपरट्यांकरमाथि इरानले आक्रमण गरेको भन्दै विरोध जनाएको छ। साउदी अधिकारीहरूका अनुसार आक्रमणमा दुई जना फिलिपिनो चालकदलका सदस्यको मृत्यु भएको छ। साउदीले बुधबार आफ्नो जहाज ‘सिद्र’ होर्मुज जलमार्ग हुँदै गइरहेका बेला सुरक्षा घटना भएको पुष्टि गरेको छ। सामुद्रिक सुरक्षा एजेन्सीहरूका अनुसार ओमानको मुसन्दम प्रायद्वीपको उत्तरी क्षेत्रमा ‘सिद्र’माथि क्षेप्यास्त्र वा गोलाबारी भएको बीबीसीले जनाएको छ।
सोही समय आसपास मुसन्दमको पूर्वतर्फ दक्षिण कोरियाली स्वामित्वको अर्को सुपरट्यांकर ‘सेनेगल प्रोस्परिटी’माथि पनि आक्रमण भएको जनाइएको छ। घटनाबारे थप विवरण तथा आक्रमणमा संलग्न पक्षबारे स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्