ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा तालाबन्दी


sharan sharan
१६ पुस २०७४, आइतबार   ९ : २७   बजे

चितवन,१६ पुस । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले तालबन्दी गरेका छन् ।
चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका हुन ।

भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका हुन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ ।
यसो हुँदा एक समेष्टरमा विश्वविद्यालयले २५ लाख ५० हजार रकम इन्टर्नसीपको लागि खर्च गरेको छ । तर, यसपटक विद्यार्थीहरुले सो भत्ता कम भएको भन्दै शाखा अधिकृतले पाउने तलवको ७५ प्रतिशत झण्डै २२ हजार भत्ता प्रतिविद्यार्थी माग गरेका छन् ।

भेटेनरी संकायको प्रत्येक सेमेष्टरमा ५० जना विद्यार्थी अध्ययनरत छन् । तिमध्ये ४० जनाले प्रत्येक सेमेष्टर होस्टल खर्चसहित भर्ना हुँदा जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदै आएका छन् । विश्वविद्यालयमा भेटेनरीको १० सेमेष्टर चल्छ । सो अवधिमा विद्यार्थीहरूले ३२ दिन भ्रमण गर्दछन् । भ्रमणको दैनिक चारसय भत्ता अलगै विश्वविद्यालयले तिर्दै आएको छ । एक समेष्टरमा विश्वविद्यालयले बस खर्च बाहेक ६ लाख ४० हजार भत्तामा खर्च गर्दछ । नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले थालेको आन्दोलनमा त्यसपछिका समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले समेत साथ दिएका छन् ।

नवौं समेष्टरका विद्यार्थीहरूलाई भारतको तमिलनाडुस्थित भेटेनरी एण्ड एनिमल साइन्स विश्विद्यालयमा इन्टर्नसीपको लागि पठाउने तयारी विश्वविद्यालयले गरिरहेको बेला तालावन्दी गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

भेटेनरी नवौं समेष्टरमा अध्ययनरत विद्यार्थी प्रकाश अधिकारीले विगत ८ वर्षदेखि विश्वविद्यालयले इन्टर्नसीप भत्ता नबढाएकोले आन्दोलन गरिएको दावी गरे । ‘इन्टर्नसीपमा जाँदा खान बस्न पुग्ने पैसा विश्वविद्यालयसँग मागेको हो,’ अधिकारीले भने, ‘वीचमा नेगोसियसन गर्न सकिन्छ ।’

पढ्न आएका विद्यार्थीले तलवसरह भत्ता मागेपछि पूरा गर्न नसकिने जनाउ विश्वविद्यालय प्रशासनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group