झापा, २० पुस । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले आफूले राष्ट्रपति पद अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेऊ भन्दै नमस्कार नगर्ने बताएका छन् । आज बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले उक्त कुरा बताएका हुन ।
भावि राष्ट्रपतिको दाबेदारको रुपमा खनालको नाममा चर्चा भइरहँदा उनको यो अभिव्यक्ति आएको हो । अर्को प्रसङ्गमा उनले वाम एकताका लागि निरन्तर छलफल भइरहेको बताए । पार्टी अध्यक्ष कसलाई बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा हामी नेतृत्व पंक्तिबाट छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्