काठमाडौं, १० माघ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राजनीतिक संकीर्णता बढदै गएको बताउनु भएको छ ।
पूर्व राष्ट्रपति यादवले एकले अर्कालाई निषेध गर्ने राजनीतिक संस्कारले नया“ नेपाल निर्माण गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सबै समुदायलाई सम्मान गर्ने संस्कारबाट मात्रै नया“ नेपाल निर्माण गर्न सकिनेतर्फ राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
पूर्व राष्ट्रपति यादवले सबै समुदायको भावना अनुसार मुलुकलाई अघि बढाउन सकेमात्रै राष्ट्रिय एकतालाई बलियो बनाउन सकिने स्मरण गराउनु भयो । उहाँले मुलकुलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउन दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको जिकिर गर्नुभयो ।
पूर्व राष्ट्रपति यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय गजेन्द्रनारायण सिंहले पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्