काठमाडौं, ११ माघ । सम्पत्ति शुद्धिकरणको मुद्धामा आरोपित अभियुक्त गुण्डा नाइके ‘चक्रे मिलन’लाई विशेष अदालतले सफाई दिएको छ । अवैध सम्पत्ति कमाएको भन्दै छानविनको माग राखी सम्पत्ति शुद्धिकरण विभागले ४ वर्ष अघि हालेको मुद्धामा चक्रे मिलनले सफाई पाएका हुन् ।
विभागले उनी विरुद्ध ४ वर्ष अघि ८ करोड अवैध सम्पत्ति जोडेको अभियोग लगाएको थियो।
चक्रे मिलन भन्ने मिलन गुरूङसंगै विभागले गणेशलामा, दीपक मानाङे, अभिषेश गिरि र परशुराम बस्नेतलाई पनि अवैध सम्पत्ति कमाएको अभियोग लगाएको थियो।
सदस्य न्यायाधीश रत्नबहादुर वागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठले गुरूङलाई सफाई दिएको विशेषअदालतले जनाएको छ।
यस अघि विशेष अदालतले यो मुद्धामा आरोपित दीपक मनाङेलाई सफाई दिइसकेको छ । उनी विरुद्ध विभागले १४ करोड रुपैँया बराबरको सम्पत्ति अवैधरुपमा आर्जन गरेको अभियोग लगाएको थियो । अरु तीन जनाको मुद्दामा भने अदालत फैसला गर्ने क्रममै छ।
प्रतिक्रिया दिनुहोस्