बुटवल, १३ माघ ।
प्रदेश ५ को पहिलो बैठक २१ माघमा बस्ने तय भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गरेको एक हप्तापछि प्रदेशको पहिलो बैठक आहृवान गरेका हुन् । माघ २१ गते दिनको १ बजे प्रदेशसभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख झाले एबीसी न्युजलाई जानकारी दिनुभयो । झाका अनुसार प्रदेशसभाको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा बस्नेछ । बैठकले सभामुख चयन गर्ने, प्रदेश सरकारको मुख्य मन्त्री चयन गर्नुका साथै प्रदेशको स्थायी केन्द्र समेत निर्धारण गर्ने छ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।
सभाको बैठक उद्योग बाणिज्य संघको सभाकक्षमा भएपनि मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय प्रयोग गर्ने अहिलेसम्मको तयारी छ । यद्देपी यातायात ब्यवस्था कार्यालय, राजश्व अनुसन्धानको कार्यालय लगायतको भवनहरुको पनि अध्ययन भै राखेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्