ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा निगमका दुई पाइलटसहित चालक दलका सबै निलम्बित


एबीसी / संवाददाता
१३ फाल्गुन २०७९, शनिबार   ७ : ३७   बजे

काठमाडौँ, १३ फागुन । विमान परिचारिका (एयर होस्टेस)लाई उडान गरिरहेकै अवस्थामा दुर्व्यवहार गरेको भन्दै दुई पाइलटसहित चालक दलका सबै निलम्बनमा परेका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को उडान नम्बर आरए ४१६ बाट गत १२ साउनमा काठमाडौँ फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई दुर्व्यवहार गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेको जनाएको छ ।

उनीहरूको छानबिन थालिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणले दुर्व्यवहार गर्ने पाइलटको नाम भने गोप्य राखेको छ ।

क्याप्टेन र कोपाइलटले उडान अवधिमा एयर होस्टेसलाई ककपिटमा बोलाएर दुर्व्यवहार गरेको उजुरी आएपछि छानबिन थालिएको प्रवक्ता निरौलाले बताए । प्राधिकरणले ‘ह्यारेसमेन्ट एक वर्क प्लेस’अन्तर्गत कारबाही अगाडि बढाएको उनले बताए ।

हाल निगमले दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी गरी कुल चार वटा जहाजमार्फत दिल्ली, बैंगलोर, मुम्बइ, कतार, मलेसिया, साउदी अरेबिया, थाइल्यान्ड, हङकङ, जापानलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group