काठमाडौँ, २४ फागुन । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।
युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।
नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छन् भने को–पाइलटमा सिर्जना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन् ।
यसअघि दुबई काठमाडौँका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्