ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराछोरी नीजि स्कुलमा नपढाउने शिक्षकहरुको घोषणा


admin
१५ माघ २०७४, सोमबार   ६ : ०७   बजे

सिन्धुली, १५ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकहरुले आगमी शैक्षिक सत्र देखि आफ्ना छोरा छोरीलाई निजि विद्यालयमा नपढाउने घोषणा गरेका छन् ।

आईतवार सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले सोमवार गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

पत्रकार सम्मेलन गर्दै पाचौ जिल्ला सम्मेलनबाट नव निर्वाति कार्य समितिका पदाधिकारीहरुले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि आफ्ना छोरा छोरीलाई सरकारी विद्यालयमा नै पठन पाठन गराउने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नव निर्वाचित अध्यक्ष विजयकुमार थिङले सरकारी विद्यालय तथा शिक्षकमाथि निरन्तर चौतर्फि रुपमा शैक्षिक गुणस्तर कमजोर हुदै गएको भनि आलोचना भएकाले सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु बटै शैक्षिक गुणस्तर सुधारकालागि यस्तो अभियानको थालनि गरिएको बताए ।

नेपालमा शैक्षिक विसंगतीसंग जुध्न सिन्धुली एक नया अभियान वोकेको जिल्ला बनाउन एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध सवै शिक्षकहरुले छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराई शिक्षालाई एकरुपता बनाउने समेत उनले बताए ।

अवका दिनमा सार्वजनिक विद्यालयलाई अव्वल बनाई शिक्षक र सरकारी विद्यालयमाथि निरन्तर लाग्ने प्रहारलाई न्युनीकरण गरिने उहाँको भनाई छ । शैक्षिक स्तर सुधार गर्न स्थानीय तह, सरकार तथा सरोकारवाला निकायसंग सदैव समन्वय गर्न संगठन तयार रहेको समेत थिङले बताए ।

शिक्षकहरुले राजिनिति गर्दा सरकारी विद्यालयको शैक्षिक गुणसतर घटेको भन्ने पत्रकारको जिज्ञासामा नव निर्वाचि एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष थिङले अफ्नो संगठनमा आबद्ध शिक्षकहरु राजनीतिक दलको सक्रिय सदस्य भएको पाईएमा संगठनले कारवाही गर्ने र त्यस्ता शिक्षकलाई संगठनको सदस्यबाट हटाउने बताए ।

सरकारी विद्यालयमा जागिर खाने, निजि विद्यालयमा लगानी गरि आफना छोरा छोरीलाई निजि विद्यालयमा अध्यापन गराउदा सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा कमी आएको उनले दावि गरे । शिक्षकले आफैले पठाएको सरकारी विद्यालयमा आफ्ना छोराछोरीलाई पठन पाठन गराएमा अभिभावकप्रति सकरात्मक सोचको विकास हुने भएकाले शिक्षक नै परिवर्तन हुन जरुरी रहेको बताए ।

हालै सम्पन्न पाचौ जिल्ला सम्मेलनले विजयकुमार थिङको अध्यक्षतामा ३२ सदसिय नया कार्य समिति चयन गरेको छ । सम्मेलनमा सिन्धुलीका नौ वटै स्थानीय तहमा कार्यरत शिक्षकहरु नया कार्य समितिमा छनौट भएका छन् । सर्वसहमति बाट चयन गरिएको र सरकारी विद्यालयमा शैक्षिक गुणसतर सुधार गर्न एजेण्डा बनाएकाले शैक्षिक सरोकारवालाहरुले नयाँ कार्य समितिलिाई महत्वका साथ लिएका छन् ।

 

एबीसी रिर्पोटर विदुर पौडेल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group