ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक अभिलेख राख्ने


एबीसी / संवाददाता
१७ चैत्र २०७९, शुक्रबार   ८ : ३४   बजे

काठमाडौँ, १७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ ।

विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नु पर्ने कामको योजना बनाइने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेका छन् । देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उनले पटकपटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आएका छन् ।

सोही क्रममा पर्यटनमन्त्री किरातीले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग छलफल गर्दै विमानस्थल सुधारमा किन सुस्तता भनी प्रश्न गरेका थिए । उनले विमानस्थलको सेवाबारे पदाधिकारीसँग एक दर्जनबढी प्रश्न गर्दै तिनको जवाफ कामको परिणाममा दिन निर्देशन दिए ।

उहाँले ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङबारे, सरसफाइ अभियानलगायतका प्रश्न विमानस्थलका अधिकारीलाई गरेका थिए । ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे पनि उनले जिज्ञासा राखेका थिए ।

महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ । यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ ।

“आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्यांकन आफैँ र सहकर्मीको समेत मूल्यांकन गर्ने पद्धत्ति विकास भएको छ । विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु । पहिला काम संस्कृतिमा सुधार आवश्यक ठानेको छु र सोहीअनुरुप सुधारको पहल लिएको हुँ”, महाप्रबन्धक तिवारीले भने ।

विभिन्न विभाग, महाशाखा, शाखा प्रमुखले आफूलै दैनिक सम्पादन गरे÷गराएको कामलाई कम्तीमा शाखा प्रमुखले महाशाखा प्रमुख समक्ष, विभागअन्तर्गत महाशाखा प्रमुखले विभागीय प्रमुख समक्ष र विभाग नभएका महाशाखा प्रमुख र विभागीय प्रमुखले महाप्रबन्धकलाई भाइबर÷म्यासेन्जरमार्फत वा प्रत्यक्ष दैनिक रिपोर्टिङ गर्नुपर्ने भएको छ । विभाग र महाशाखा प्रमुखको समीक्षा÷समन्वयात्मक बैठक भने हरेक साता सोमबार ११ बजे बस्ने गरी तोकिएको छ ।

विमानस्थलका कर्मचारीलाई कामप्रति जिम्मेवारीबोध गराउने तथा यात्रुको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको महाप्रबन्धक तिवारीको भनाइ छ । विमानस्थलमा सरसफाइ, यात्रु सूचना र सहायता कक्ष बनाउन लागिएको, नेपाल वायुसेवा निगमलाई यात्रुप्रति बढी जिम्मेवार बनाउने कामका साथै ट्रली सुधारका लागि प्रक्रिया अघि बढेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group