ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ६ : ०६   बजे

दोहा (कतार),  — कतारको रस लाफान औद्योगिक सहरस्थित बार्जान स्थानीय ग्यास आपूर्ति केन्द्रमा भएको भीषण विस्फोटमा १२ भारतीय नागरिकसहित १३ जनाको मृत्यु भएको छ। कतारी अधिकारीहरूले सोमबार उक्त घटनाको पुष्टि गर्दै घाइते सबैको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको बताएका छन्।

भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

दूतावासका अनुसार घाइते सबै व्यक्तिहरूको अवस्था हाल स्थिर छ र उनीहरूलाई आवश्यक चिकित्सकीय सेवा प्रदान भइरहेको छ। साथै, मृतकका परिवारलाई सहयोग पुर्‍याउने तथा शवहरू यथाशीघ्र भारत पठाउने प्रक्रियामा कतारी निकायसँग नजिकबाट समन्वय भइरहेको जनाएको छ।

कतारका ऊर्जा मन्त्री साद बिन श्रेदा अल-काबीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भारतीय र पाकिस्तानी मूलका गरी १३ जनाको मृत्यु भएको जानकारी दिएका थिए। यद्यपि, कतारी अधिकारीहरूले मृतकमध्ये १२ जना भारतीय रहेको पुष्टि गरेका छन्।

प्राविधिक खराबीका कारण दुर्घटना

कतारको गृह मन्त्रालयले घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा सञ्चालन प्रक्रिया सुरु गर्ने क्रममा भएको “प्राविधिक खराबी” (टेक्निकल मालफङ्सन) का कारण विस्फोट भएको जनाएको छ। दुर्घटनामा विभिन्न राष्ट्रियताका ६६ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार दुर्घटनालगत्तै सुरक्षा निकाय, आपतकालीन उद्धार टोली तथा रस लाफान क्षेत्रका सम्बन्धित निकायहरू घटनास्थलमा परिचालित भएका थिए। घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याइएको थियो भने खोज तथा उद्धार कार्य सम्पन्न भइसकेको छ।

अधिकारीहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको बताएका छन्।

ग्यास चुहावट नभएको दाबी

गृह मन्त्रालयले विस्फोटपछि कुनै प्रकारको ग्यास चुहावट नभएको र यसले सर्वसाधारणको सुरक्षा वा वरपरको वातावरणमा कुनै खतरा उत्पन्न नगरेको स्पष्ट पारेको छ।

कतार इनर्जीका अनुसार आइतबार साँझ बार्जान स्थानीय ग्यास आपूर्ति केन्द्रमा सञ्चालन पुनः सुरु गर्ने क्रममा विस्फोट र त्यसपछि आगलागी भएको थियो।

भारतीय दूतावासको आपतकालीन सहायता

दोहास्थित भारतीय दूतावासले मृतक र घाइतेका परिवारलाई सहयोग पुर्‍याउन विशेष सहायता कक्ष स्थापना गरेको छ। दूतावासले घटनासम्बन्धी जानकारीका लागि हेल्पलाइन नम्बर +974-55647502 र +974-55384683 उपलब्ध गराएको छ। साथै [email protected]इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ।

दूतावासले यस कठिन घडीमा कतार सरकार र त्यहाँको जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सुरक्षित अवस्थाको कामना गरेको छ।

रस लाफान कतारको सबैभन्दा महत्वपूर्ण ऊर्जा तथा प्राकृतिक ग्यास प्रशोधन केन्द्रमध्ये एक मानिन्छ। त्यहाँ भएको यो दुर्घटना पछिल्ला वर्षहरूमा कतारको ऊर्जा क्षेत्रमा भएको सबैभन्दा ठूलो औद्योगिक दुर्घटनामध्ये एक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group