ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


एबीसी न्यूज
१२ श्रावण २०८३, मंगलबार   ५ : २२   बजे

काठमाडौं। सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने सूचीकृत क्लिनिकहरूको सेवा अवरुद्ध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक कालीबहादुर थापालगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको पछिल्लो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतले रिटको अन्तिम टुंगो नलाग्दासम्म साबिककै व्यवस्था अनुसार स्वास्थ्य परीक्षण सेवा निरन्तर सञ्चालन गर्न तथा क्लिनिकहरूको सेवा प्रवाहमा कुनै अवरोध नगर्न सरकारलाई निर्देशन दिएको छ।

रिट निवेदनमा बागमती प्रदेशको ‘सवारी चालक अनुमति पत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०’ अनुसार छनोट भई सम्झौतामार्फत सेवा दिँदै आएका क्लिनिकहरूलाई मन्त्रालयको नयाँ निर्णयले विस्थापित गर्न खोजिएको उल्लेख गरिएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८३ जेठ १३ र असार १३ गते जारी गरेको पत्रमार्फत नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकबाट गरिएको स्वास्थ्य परीक्षणलाई मान्यता दिने तथा सबै क्लिनिकका लागि सेवा खुला गर्ने निर्णय गरेको थियो। यसबाट पहिलेदेखि सेवा दिँदै आएका क्लिनिकको व्यवसाय प्रभावित हुने र उनीहरूको प्रणालीमा प्रयोग हुने ‘युजर’ तथा ‘पासवर्ड’ समेत निष्क्रिय हुने अवस्था सिर्जना भएको भन्दै क्लिनिक सञ्चालकहरू सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले प्रदेश कानुनअनुसार सम्झौता गरेर सेवा सञ्चालन गरिरहेका क्लिनिकलाई विस्थापित गर्ने गरी गरिएको निर्णयले संविधानको धारा १७(२)(छ) ले सुनिश्चित गरेको पेसा, रोजगार, उद्योग तथा व्यापार गर्ने मौलिक हकमा असर पर्ने प्रारम्भिक आधार देखिएको उल्लेख गरेको छ।

अदालतले मन्त्रालयको निर्णय कार्यान्वयन भए निवेदकहरूलाई अपूरणीय क्षति पुग्न सक्ने ठहर गर्दै रिटको अन्तिम फैसला नआउँदासम्म मन्त्रालयका निर्णय कार्यान्वयन नगर्न र क्लिनिकहरूको सेवा सञ्चालनमा कुनै बाधा नपुर्‍याउन अन्तरिम आदेश दिएको छ।

यस आदेशसँगै ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्दै आएका सूचीकृत क्लिनिकहरूको सेवा हाललाई यथावत् सञ्चालन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu