काठमाडौँ, २६ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइ एन–एएनइ (डिएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो ।
भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्य आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।
जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो हजाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्